Section 22
खारेजी र बचाउ
(१) शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र विकास समिति (गठन) आदेश, २०५५ खारेज गरिएको छ ।
(२) उपदफा (१) बमोजिमको गठन आदेश अन्तर्गत गठित समितिको नाममा रहेको हक, दायित्व, चल अचल सम्पत्ति यस ऐन बमोजिम स्थापना भएको केन्द्रमा सर्नेछ र उक्त समितिबाट भए गरेका काम कारबाहीहरु यसै केन्द्रबाट भए गरेको मानिनेछ ।